८ कार्तिक २०८३, शनिबार

माउन्टेन फ्लाइटमा अमेरिकी सैन्य कमाण्डर

  • २८ जेठ २०७९, शनिबार
Image

काठमाडौं- अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमाण्डर जनरल चार्ल्स एन्थोनी फ्लाइन नेतृत्वको प्रतिनिधिमण्डलले आज माउन्टेन फ्लाइटबाट हिमाल अवलोकन गर्ने भएको छ।

जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले फ्लाइन नेतृत्वको भ्रमण दल हिमाल दृश्यावलोकनका लागि माउन्टेन फ्लाइटमा सहभागी हुने जनाएको छ।

त्यसैगरी फ्लाइन नेतृत्वको भ्रमण दलले आइतबार पाँचखालस्थित नेपाली सनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ।

भारत हुँदै बिहीबार नेपाल भ्रमणमा आएका फ्लाइनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए। शुक्रबारै जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मासँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

फ्लाइन नेतृत्वको अमेरिकी सेनाको प्रतिनिधिमण्डल आइतबार अपराह्न स्वदेश फर्किने कार्यक्रम छ। प्रधानसेनापति शर्मा र प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणअघि फ्लाइन नेतृत्वको सैन्य टोली नेपाल भ्रमणमा आएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर