८ कार्तिक २०८३, शनिबार

आईसीसी क्रिकेट विश्वकप लिग-२ : नेपाल ओमानसँग १३ रनले पराजित

  • २७ जेठ २०७९, शुक्रबार
Image

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बिहीबार राति भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ।

अमेरिकाको टेक्सासस्थित पर्लल्याण्डमा भएको खेलमा पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २११ रन बनाएको थियो।

ओमानका लागि जीसान मक्सुदले १२६ बल खेल्दै अविजित १०४ रन बनाए। नेपालका करण केसीले ५ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट हात पारे। सोमपाल कामीको नाममा १ विकेट रह्यो। 

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १९८ रन मात्र बनायो।  नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रन बनाए भने देव खनालले ३४ रनको पाली खेले।

ओमानका जीसान मक्सुद र खावर अलीले समान ३/३ विकेट लिए भने बिलाल खानले २ विकेट हात पारे। यससँगै नेपाल लिगमा १३ खेलबाट १२ अंकसहित छैटौं स्थानमा यथावत छ। नेपालले शनिबार अमेरिकासँग खेल्नेछ। 


प्रतिक्रिया

सम्बन्धित खवर