काठमाडौं- एकीकृत समाजवादी पार्टीले मन्त्री फेर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा रामकुमारी झाँक्रीलाई जोडेर एक घरको तस्बिर भाइरल भयो। सहरी विकास मन्त्रीबाट नेकपा एसले फिर्ता बोलाउने निर्णय गरेपछि नेकपा एमाले निकट कार्यकर्ताहरुले झाँक्रीले छोटो समयमा नै अकु सम्पत्ति कमाएर घर बनाएको भन्ने भ्रम सिर्जना गर्न उक्त घर सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो।
तर, मन्त्री झाँक्रीले नौ महिनामै नयाँ घर ठड्याएको भन्दै गरिएको चर्चा फेक रहेको पुष्टि भएको हो। मन्त्री झाँक्रीको भन्दै भाइरल भएको घर नेपालमै नरहेको भेटिएको छ। तथ्य सर्च इन्जिन गुगलको रेकर्डमा उक्त घर नेपालमा नरहेको देखिएको छ।
उक्त घर एक वर्षअघि नै भारतको भोपालमा निर्माणाधीन अवस्थामा रहेको तथ्य सर्च इन्जिन गुगलको रेकर्डले देखाएको हो।
एकीकृत समाजवादीले पुराना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेसँगै सामाजिक सञ्जालमा यो घरको तस्बिर भाइरल बनाइएको थियो।
गुगल सर्च गर्दा यो घरको तस्बिर भारतसँगै उज्वेकिस्तान, मोरक्को, इरान लगायतमा देशमा पनि यसअघि नै प्रयोगमा ल्याएको भेटिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation