काठमाडौं- तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएमा नेता घनश्याम भूसाल अहिले नेकपा एमाले हुँदा पनि उनका कट्टर आलोचक छन्। आफ्ना विरोधी र आलोचकलाई आँखाको कसिङ्गर मान्ने ओलीको पार्टीको अनुशासन समितिले भूसाललाई कारबाहीको सिफारिस गरेको छ।
भूसालमाथिको कारबाहीको सिफारिसले विगतमा ओलीको चर्को आलोचना गर्ने अर्का युवा नेता योगेश भट्टराई झस्किएका छन्। माधव नेपाल समूहमा रहेका नेताहरु पछि नेता नेपालले अलग पार्टी बनाउने निर्णय गरेपछि भने ओलीसँगै टाँसिन गएका थिए।
चितवनमा भएको पार्टीको महाधिवेशनमा पनि रावल र भूसालले ओली समूहविरुद्ध उम्मेदवारी दिँदा योगश, सुरेन्द्र पाण्डेलगायतका ओलीको विपक्षमा उभिएमा नेताहरु भने ओलीकै समितिमा बसेका थिए। उनीहरुले ओलीको कुरामा सही थाप्दै हिँड्ने गरेका थिए।
तर, रावल र भूसाल भने अझै पनि ओलीको मुखर आलोचक हुन्। वाम एकताको पक्षमा रहेका भूसालले एक अन्तर्वार्ताका क्रममा ओलीको अहंकारका कारण स्थानीय निर्वाचनमा एमालले पराजय व्यहोर्नु परेको बताएका थिए।
उनको यस अभिव्यक्तिलाई लिएर एमालेको अनुशासन समितिले उनलाई कारबाही सिफारिस गरेको हो। उनको कारबाही सिफारिसपछि योगेश ओलीको विपक्षमा उभिने कुनै पनि व्यक्तिको एमालेमा स्थान नभएको संकेतको रुपमा बुझेपछि सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका हुन्।
नेता भट्टराईले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्याउने बताएका छन्। ‘सामाजिक सञ्जालमा उनी लेख्छन् -'अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ। आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सहि ठाउँमा पुर्याउँदैन। फेरि पनि बादे बादे जायते तत्व बोध।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation