लोक कलम सम्वाददाता,
काठमाडौँ, २१ जेठ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा गर्न नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (एस)को सचिवालय बैठक बस्ने भएको छ । बैठक शनिबार ३ बजे केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने एसका नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार शनिबारको बैठकमा मुख्यगरी निर्वाचनको समीक्षा हुनेछ । बैठकमा समसामयिक विषय, पार्टीको आगामी दिशालगायतका विषयमा पनि कुराकानी हुने उनले इकागजलाई जानकारी दिए ।
बैठकमा एसका सचिवालय सदस्य अध्यक्ष माधवकुमार नेपालसहित झलनाथ खनाल, राजेन्द्रप्रसाद पाण्डे, जयन्ती राई, बेदुराम भुसाल, गंगाराम तुलाधार, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, मुकुन्द न्यौपाने, प्रवेश हमाललगायतको उपस्थिति रहने छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation