काठमाडौं- खेतीपातीका बेला मलको अभाव भएको भन्दै किसानहरूले विरोध प्रदर्शन गरेका छन्। रासायनिक मलको व्यवस्था तुरुन्त गर्नुपर्ने भन्दै किसानहरूले कृषिमा प्रयोग हुने सामाग्री र धानको बिउसहित प्रदर्शन गरेका हुन्।
रासायनिक मल तुरुन्त उपलब्ध गराउन सरकारलाई दवाव दिन भन्दै नेपाल क्रान्तिकारी किसान संघको अगुवाइमा काठमाडौंमा शान्तिबाटीकामा प्रदर्शन भएको हो। प्रदर्शनमा सहभागीहरूले किसानले मल कहिले पाउने,नेपालमै मल कारखाना स्थापना गर, रासायनिक मलको व्यवस्था गर, मूल्यवृद्धि फिर्ता गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनमा सहभागीहरूले मलको अभावमा खेतीपातीमा समस्या भएकाले सरकारले तुरुन्त मलको व्यवस्था गर्नुपर्ने बताए। उनीहरूले असार आउन लाग्दा पनि सहज रुपमा मल पाउन नसकेको गुनासो गरेका छन्। त्यस्तै उनीहरूले बीउबिजनको व्यवस्था गर्न पनि सरकारसँग माग राखेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation