१६ चैत २०८०, शुक्रबार

संसद्‍मा प्रस्तुत हुने रणनीति बनाउँदै एकीकृत समाजवादी

  • १२ फागुन २०७८, बिहिबार
Image

काठमाडौं : भोलि बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूको बैठक बस्दैछ।

आज दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताको अनौपचारिक बैठक बस्न लागेको हो।

अमेरिकी सहयोग परियोजना एमसिसीको विपक्षमा उभिने निर्णय गरेको समाजवादीले यसबारे थप छलफल गरेर संसदमा प्रस्तुत हुने तयारी गरेको पार्टीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए।

आज शीर्ष नेताको छलफलपछि भोलि बिहान संसदीय दलको बैठक बोलाउने उनले बताए। एमसिसीलाई लिएर एकीकृत समाजवादी दुई धारमा उभिएको छ।

अध्यक्ष माधवकुमार नेपाल यसको समर्थन र सम्मानित नेता झलनाथ खनाल विपक्षमा उभिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर