९ कार्तिक २०८३, आइतबार

गठबन्धनबीचको चुनावी तालमेलमा कति पनि आशङ्का नगर्नु : विश्वप्रकाश शर्मा

  • २० जेठ २०७९, शुक्रबार
Image

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको गठबन्धनबीचको चुनावी तालमेलमा आशङ्का नगर्न आग्रह गरेका छन्।

शुक्रबार भक्तपुरमा स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट विजयीहरूलाई बधाई तथा सम्मान कार्यक्रममा शर्माले चुनावमा तालमेल प्रभावकारी भएको भन्दै आशङ्का नगर्न आग्रह गरेका हुन्।

उनले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलकै कारण केही सिटमा जीत हासिल गरेको तर्क गरे। शर्माले सबै स्थानीय तहमध्ये केहीमा मात्र तालमेल भएको भन्दै तालमेलमा हल्ला धेरै भएको जिकिर गर्दै उनले स्थानीय तहमा प्रभावकारी रूपमा काम गर्न समेत जनप्रतिनिधिलाई सुझाव दिए।

उनले मुलुकको विकासका लागि स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने भन्दै पाँच वर्षको कार्यकालको सही रूपमा उपयोग गर्न पनि निर्देशन दिए। 

प्रतिक्रिया

सम्बन्धित खवर