लोक कलम सम्वाददाता,
काठमाडौँ, १८ जेठ ।
“बालेनका लागि हामी, हाम्रो लागि बालेन”
भन्ने नाराका साथ काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साहको पहललाई काठमाडौँका रेष्टुरेन्टहरुले सार्वजनिक शौचालय बनाउन साथ दिएका छन् ।
आरडिएक्स ट्याटो बार नरसिंह चोक मार्ग ठमेलबाट सुरु भएको बालेन योजनाले अझ गति लिने कुरामा दुईमत नभएको संकेत देखीन थालेको छ ।
मेयरका रूपमा पदभार ग्रहण गरेकै दिन साहले नगर कार्यपालिकाको बैठक डाकेर काठमाडौंका रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेका थिए ।
रेस्टुरेन्ट, ट्याटू एण्ड बारका सञ्चालक उमेन्द्र श्रेष्ठले बुधवार बाट आफ्नो बारको शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग सुरु गरेको बताए ।
उनले भने, ‘हामीले आफ्नै तजबिजमा आजबाट हाम्रो बारको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याएका छौं । कुनै शुल्क नलिइकन हामीले यो सुविधा दिने निर्णय गरेका हौं ।’
महानगर वा अन्य कुनै निकायसँग पनि छलफल नगरी एकल निर्णय गरेको उनले बताए ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation