८ कार्तिक २०८३, शनिबार

गठबन्धनकी उम्मेदवार दाहालको अग्रता कायमै

  • १० जेठ २०७९, मङ्गलबार
Image

चितवन- भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन्।

९५ हजार तीन सय ११ मत गणना गर्दा दाहालले ३७ हजार चार सय ६८ मत ल्याएकी छन् भने नेपाल कम्युनिष्ट पाटी (एमाले) का उम्मेदवार विजय सुवेदीले २९ हजार तीन सय १४ मत ल्याएका छन्।

दाहाल र सुवेदीबीच ८ हजार एक सय ५४ मतको अन्तर छ। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार तीन सय ५९ मत ल्याएका छन्।

उपमेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी ३९ हजार छ सय ३९ मतसहित अघि छन् भने एमाले–राप्रपा गठबन्धनकी उम्मेदवार हिमला गुरुङ २३ हजार दुई सय १२ मतले पछ्याइरहेकी छन्।


प्रतिक्रिया

सम्बन्धित खवर