काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई पछि पार्दै नेपाली कांग्रेसकी सिर्जना सिंहले अग्रता बनाएकी छन्।
मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह भने पहिलो नम्बरमा नै छन्। उनले करिब १७ हजारको मतान्तर बनाएका छन्। बालेन्द्रले ३८ हजार ३३३ मत प्राप्त गर्दा सिर्जनाले २१ हजार २९९ मत प्राप्त गरेकी छन्।
नेकपा एमालेका स्थापितले २१००८ मत प्राप्त गरेका छन्। उपमेयरमा भने सुनिता डंगोलले अग्रता कायम गर्दै २६ हजार ५७५ मत प्राप्त गरेकी छन्। उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत प्राप्त गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation