८ कार्तिक २०८३, शनिबार

काठमाडौं माहानगरमा बालेनले बनाए १६ हजारको अग्रता

  • ८ जेठ २०७९, आइतबार
Image

काठमाडौं- काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले १६ हजार बढीको अग्रता बनाएका छन्। शनिबार साँझ ५ बजे सम्ममा शाहले ३५ हजार ३७४ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १९ हजार २४८ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १९ हजार ८३ मत प्राप्त गरेकी छन्। ९६ हजार ९४४ मत गणना गर्दा उनीहरूले सो मत प्राप्त गरेका हुन्।

अहिलेसम्म ५१ प्रतिशत मतगणना सकिसकेको छ। ४९ प्रतिशत मत गन्न बाँकी नै रहँदा शाहले स्थापितसँग १६ हजार १२६ को मतान्तर बनाएका छन्। यता सिंहसँग भने १६ हजार २९१ मतान्तर बनाएका छन्। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३० र ३२को मतगणना सकिसकेको छ।

वडा नम्बर २८ मा केशव स्थापितले बढी मत पाएका छन्। त्यहाँ उनले ७४१, शाहले ७१७ र सिंहले ७१० मत प्राप्त गरेका छन्। यो वडा बाहेक अरू वडामा शाहले अग्रता लिएका छन्।  अहिले वडा नम्बर ७, ९, १०, ११, २४, २५, २६, २७ र ३१ को मतगणना राष्ट्रिय सभा गृहमा जारी छ। 

प्रतिक्रिया

सम्बन्धित खवर