काठमाडौं- पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिकाको अर्जुनी ब्यारेक नजिक जिपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार म २ प ६८३३ नम्बरको मोटरसाइकललाई से १ च ४४८ नम्बरको जिपले ठक्कर दिँदा दाजुभाइको मृत्यु भएको हो।
ज्यान गुमाउनेमा बेदकोट– ५ धरमपुरका गणेश बम र १८ वर्षीय भुपेश बम छन्। उनीहरु दाजुभाइ भएका प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि जिपचालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ का ३७ वर्षीय श्रीराम रानालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation