काठमाडौं- दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ। निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत घोराही उपमहानगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमाले विजयी भएको हो।
एमाले उम्मेदवार नरुलाल चौधरी ३१ हजार ७२८ मत ल्याई विजयी भएका हुन्।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा पोख्रेललाई ५ हजार ३६० मतान्तरले पराजित गरेका हुन्।
पराजित हेमराज शर्मा पोख्रेलले २६ हजार ३६८ मत ल्याएका छन्। त्यसैगरी उपमेयरमा पनि नेकपा एमालेले नै जित हात पारेको छ। उपमेयरमा एमालेकी हुमाकुमारी डीसीले नेपाली कांग्रेसकी उम्मेदवार भुपबहादुर डाँगीलाई पराजित गरेका हुन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation