९ कार्तिक २०८३, आइतबार

बाँकेमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

  • २६ वैशाख २०७९, सोमबार
Image

बाँके- बाँकेको राप्तीसोनारी  गाउँपालिका–८ गल्लि  कुटानमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका ५ का २९ वर्षिय मान बहादुर बिश्वकर्मा र सोही मोटरसाइकलमा पछाडि सवार  २५ वर्षिय किशोर बसौली रहेका छन् । 

दुर्घटनामा गम्भिर घाइते भएका दुबै जनाको उपचारको क्रममा नेपालगञ्ज स्थित मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १० प २७८४ नम्बरको मोटरसाइकल आज बिहान पौने १० बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर