१९ वैशाख २०८१, बुधबार

बागीलाई उम्मेदवारी निस्क्रिय पार्न कांग्रेसको निर्देशन

  • १९ वैशाख २०७९, सोमबार
Image

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टी तथा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी निस्क्रिय  पार्न निर्देशन दिएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गरी बागीलाई आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी गराउन सहयोग गर्न निर्देशन दिएको हो।

‘पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यले आफ्नो उम्मेदवारी प्रति पुनर्विचार गरी सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निस्क्रिय गरिदिनु हुन र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन निर्देशानुसार अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

उम्मेदवारी निस्क्रिय गर्ने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम हुने कारबाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याइ पुर्नविचार गर्न सक्ने समेत विज्ञप्तिमार्फत् जनाइएको छ। 


प्रतिक्रिया

सम्बन्धित खवर