८ जेठ २०८१, मङ्गलबार

रविले आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसले दियो उजुरी

  • १० वैशाख २०८०, आइतबार
Image

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।

चितवन २ मा रास्वपाका उम्मेदवार लामिछानेले मतदानस्थलहरु निरीक्षणका क्रममा मतदातालाई प्रभावित गर्ने उद्देश्यले कार्यकर्तामार्फत हुलहुज्जत गराएको भन्दै कांग्रेस प्रतिनिधिले निर्वाचन आयोगमा उजुरी दिएका हुन्।

निर्वाचन प्रक्रिया सूचारु भइरहेको अवस्थामा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट लामिछानेले मत मागेको अडियो/भिडियो सार्वजनिक भएको भन्दै कारबाहीका लागि माग गरिएको छ। ने

पाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं. २ मा उजुरी दिएका हुन्।

किरण मावि भोजाड मतदान केन्द्रमा विवाद पछि रास्वपाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेका पनि उजुरीमा स्मरण गराइएको छ।

उक्त घटनामा प्रशासनले पनि एकपक्षीय ढंगबाट मतदाता र प्रतिनिधिमाथि लाठी चार्ज गरेको कांग्रेसको आरोप छ। कांग्रेसले चितवनका प्रमुख जिल्ला अधिकारीमाथि पनि कारबाहीको माग पनि गरेको छ।

विभिन्न मतदान स्थलमा प्रमुख जिल्ला अधिकारीको ठाडो निर्देशनमा सुरक्षाकर्मीद्वारा एक पक्षीय ढंगबाट मतदाता र मतदान प्रतिनिधिहरूमाथि लाठी चार्ज गर्ने र मतदातालाई भयभित गर्ने गराउने काम गरिएको उजुरीमा उल्लेख छ।


प्रतिक्रिया

सम्बन्धित खवर