जाजरकोट- जाजरकोटको नलगाड नगरपालिका १ का वडाध्यक्ष हिरालाल पुन मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका छन्। उनी २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए।
चोरिएको लु ५९ प ०२१७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकलसहित अध्यक्ष पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पुनलाई जाजरकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
वडाध्यक्ष पुनले लामो समयदेखि उक्त मोटरसाइकल चलाइरहेका भए पनि ब्लुबुकलगायत कुनै पनि कागजपत्र फेला नपरेको प्रहरीले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation