८ कार्तिक २०८३, शनिबार

पाकिस्तानी प्रधानमन्त्रीका बाबु-छोरालाई नै 'लटरी', हम्जा बने पञ्‍जाबको मुख्यमन्त्री

  • ४ वैशाख २०७९, आइतबार
Image

इस्लामावाद- पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफका छोरा हम्जा सरिफ पञ्जाबको नयाँ मुख्यमन्त्री निर्वाचित भएका छन्। गत शहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। 

एक सातापछि उनका छोरा पञ्‍जाबको मुख्यमन्त्रीमा निर्वाचित भएका हुन्। पञ्‍जाब विधान सभामा पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता हम्जाले आफ्नो पक्षमा १९७ मत ल्याएर शनिबार मुख्यमन्त्रीमा निर्वाचित भएका हुन्।  

पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) पार्टीले चुनाव बहिष्कार गरेकाले हम्जाका प्रतिद्वन्द्वी परवेज इलाहीले कुनै मत प्राप्त गर्न सकेनन्।  त्यसअघि संसदमा पीटीआईका सदस्यहरूले होहल्ला गरेका थिए।  विधानसभामा पीटीआईका सदस्यहरूले उपसभामुख दोस्त मोहम्मद मजारीलाई हातपात गर्न खोजेपछि हंगामा मच्चिएको थियो। 

‘ममाथि आक्रमण गर्नेहरू पाकिस्तानमा मार्शल ल चाहन्छन् तर सफल हुनेछैनन्’, आफूमाथि हातपातको प्रयास भएपछि उपसभामुख मजारीले भने।  तर, उपसभामुखका कारण पञ्जाबको संसदमा हंगामा मच्चिएको इलाहीले बताएका छन्।  ‘शनिबार संसदमा जे भयो त्यसको दोष उपसभामुख मजारीलाई जान्छ’, इलाहीले भने।  

प्रतिक्रिया

सम्बन्धित खवर