काठमाडौं- नेपाली क्रिकेट टोलीका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरी त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल, पपुवा न्युगिनी (पीएनजी) र मलेसिया सम्मिलित शृङ्खलामा उत्कृष्ट ब्याटिङ गरेका दीपेन्द्रले कुल दुई सय ५५ रन बनाए।
यसक्रममा उनले दुई अर्धशतक र एक शतक बनाएका थिए। बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रले सात विकेट लिए। उनले फाइलनमा पीएनजीविरुद्ध चार विकेट लिएका थिए।
शृङ्खलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै दीपेन्द्र पाँच सय डलर प्राप्त गरे। सोमबार सम्पन्न फाइनल खेलमा पीएनजीलाई ५० रनले पराजित गर्दै नेपालले शतप्रतिशत जितसहित शृङ्खलाको उपाधि जितेको थियो ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation