१८ मंसिर २०७९, आइतबार

सुनसरीको झुम्का कारागारमा झडप, २५ जना घाइते

  • १ वैशाख २०७९, बिहिबार
Image

विराटनगर- सुनसरीको झुम्का कारागारमा कैदीबन्दी समूहबीच झडप हुँदा दुई दर्जनबढी घाइते भएका छन्। झडपमा परी गम्भीर चोट लागेका पाँच जनाको जिल्ला अस्पताल इनरुवा र अन्य २० जनाको कारागारमै स्वास्थ्यकर्मी बोलाएर उपचार गरिएको जेलर प्रदीप शाहले बताए। 

कारागारको चौकीदार को बन्ने भन्‍ने विषयमा बुधबार विवाद हुँदा दुई समूहबीच झडप भएको बताइएको छ। 

कारागारको 'बी' ब्लकका चौकीदार समेत रहेका कैदी खड्गबहादुर राई र ए ब्लकका जोन नाल्बो लिम्बूलाई मुढा बनाउने कच्चा पदार्थ खरिद गर्न बजार निस्किएको बेला जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले सोमबार पक्राउ गरी अन्यत्र सरुवा गरेपछि दुई दिनयता कारागार अशान्त बनेको बताइएको छ। 

राईलाई डिल्लीबजार कारागार र लिम्बूलाई भिमफेदी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर