८ कार्तिक २०८३, शनिबार

शेखरलाई लक्षित गर्दै गगनले भने- तालमेलबारे पार्टीको निर्णय सबैले मान्‍नैपर्छ

  • २० चैत २०७८, आइतबार
Image

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय सदस्य शेखर कोइरालालाई लक्षित गर्दै आउँदो चुनावमा तालमेलबारे पार्टीभित्र फरक मत राखे पनि पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन्। इन्द्रावतीको गाउँपालिकाको गौरवको योजना इन्द्रावती रङ्गशाला र गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा उनले भने, 'तालमेल गर्नेबारे पार्टीको निर्णय सबैले मान्‍नुपर्छ।'

केन्द्रीय सदस्य कोइरालाले भने पार्टीले गरेको तालमेलको निर्णयको विरोध गरिरहेका छन्। प्रजातान्त्रिक विचार समाज कास्कीको नवौँ अधिवेशन तथा आवधिक निर्वाचन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक विकास विषयक गोष्ठीमा उनले पार्टीले गरेको तालमेलको निर्णयको विरोध गरेका हुन्। 

उनले भनेका थिए, 'सरकार सञ्चालन र चुनावी तालमेल फरक विषय हुन्। तालमेल के-का लागि गर्ने भन्‍ने प्रश्‍न उठेको छ। रुखमा भोट हाल्‍नेहरुलाई हसिया हथौडामा भोट हाल कसरी भन्‍ने?'

तर, महामन्त्री थापाले भने पार्टीले गरेको निर्णयमा कोही दायाँबायाँ हुन नपाउने र पार्टीले सर्वसम्मत तालमेलको निर्णय गरिसकेकोले सबैले मान्‍नुपर्ने बताएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर