८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री देउवा घोडे जात्रामा सहभागी नहुने

  • १८ चैत २०७८, शुक्रबार
Image

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा यस वर्षको घोडे जात्रामा सहभागी नहुने भएका छन्। प्रधानमन्त्री देउवा आजै भारतको राजकीय भ्रमणमा जाने भएकाले उनी घोडे जात्रामा भने सहभागी नहुने भएका हुन्।

अघिल्ला वर्षहरूमा घोडे जात्रामा प्रधानमन्त्रीको सहभागिता अनिवार्य हुन्थ्यो। ‘प्रधानमन्त्रीज्यू आजै भारत भ्रमणमा जानु हुने भएकोले उहाँ सहभागी हुन सक्ने अवस्था भएन। अघिल्ला वर्षहरूमा प्रधानमन्त्री जात्रामा आउनुहुन्थ्यो’, सैनिक प्रवक्ता नारायण सिलवालले भने।

सैनिक मञ्ज टुँडिखेलमा सेनाले आज दिउँसो २ बजे घोडे जात्राको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै छ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १:२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६:१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर