८ कार्तिक २०८३, शनिबार

मोदीकी कट्टर आलोचक पत्रकार अय्यबुलाई भारत छोड्न प्रतिबन्ध

  • १७ चैत २०७८, बिहिबार
Image

नयाँ दिल्ली- पत्रकार एवं अभियन्ता राना अय्यूबलाई देश छाड्न भारत सरकारले प्रतिबन्ध लगाएको छ। बेलायतमा आयोजित एक कार्यक्रममा भाग लिन विमानस्थल पुगेकी उनलाई उडानको अनुमति नदिइएको हो।

अय्यूबले मुम्बई अध्यागमनले उडानबाट रोकेको बताएकी छन्। अय्यूबलाई विमानस्थल पुगेको १ घण्टापछि आर्थिक अपराध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि भन्दै फिर्ता बोलाइएको हो।

उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कट्टर आलोचक हुन्। मुस्लिम तथा अल्पसंख्यकका मुद्दालाई उठाउने अय्यूबले यसअघि पनि भारतमा पटक पटक हिन्दू कट्टरपन्थीहरूबाट धम्की र विरोधको सामना गर्नु परेको थियो।

केही महिनाअघि उनीमाथि हिन्दू कट्टरपन्थीहरूबाट धम्की आएको विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदायले विरोध जनाएका थिए।  


प्रतिक्रिया

सम्बन्धित खवर