काठमाडौं - किशोर गुरुङ नेतृत्वको गोरक्ष संरक्षण अभियान संस्थागत रूपमै राप्रपामा समाहित भएको छ।
यसअघि ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हामी नेपाली अभियान, नेपालका लागि नेपाली अभियानको अधिकांश हिस्सा, मिसन नेपाल लगायतका संगठन राप्रपामा समाहित भइसकेका छन्।
स्थानीय निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी देशव्यापी संगठनको सञ्जाल विस्तारमा जुटेको छ। सहकार्य र एकताका लागि अन्य समूहसँग पनि औपचारिक अनौपचारिक संवाद चलिरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।
यसैगरी राप्रपाले नेतृत्व लगायत पार्टीको सम्पूर्ण सुरक्षा हेर्ने गरी गठन गरेको राष्ट्रिय युवा मोर्चाको नेतृत्वमा हेरफेर गरेको छ। मोर्चाको अध्यक्षमा काठमाडौंका सुरज पाण्डे ‘कालो बाहुन’ लाई चयन चयन गरिएको छ।
अध्यक्ष लिङ्देनले मोर्चालाई आवश्यक कार्ययोजना बनाइ पेस गर्न निर्देशन दिएका छन्। यसअघिका अध्यक्ष रहेका केदार धमला काठमाडौं महानगर समितिको अध्यक्ष भएकाले मोर्चामा नेतृत्व फेरिएको हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation