काठमाडौं- खराब मौसमका कारण भिजिबिलिटी कम हुँदा धेरै उडानहरु प्रभावित भएका छन् भने केही उडानहरु भने अवरुद्धसमेत भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ निरौलाका अनुसार सोखुलुम्बुको लुक्लाको उडान अवरुद्ध भएको छ। भिजिबिलिटी कम भएकाले लुक्लाको उडान अहिले स्थगित गरिएको जनाएका छन्।
डोमेस्टिक तर्फका अरू उडान अहिले आइएफआरमा चलेका छन्। भिजिबिलिटीको कारण भिएफआरमा उडान हुन सकेको छैन। थोरै भिजिबिलिटी हुँदा पनि जहाज उडाउन र ल्याण्ड गर्न सकिने प्रविधीलाई आइएफआर भनिन्छ। भिएफआरका लागी ५ किलोमिटर भिजिबिलिटी चाहिन्छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले २२ सय मिटर भिजिबिलिटी छ। अन्तर्राष्ट्रिय उडान भर्ने र अवतरण गर्ने जहाजहरू पनि आइएफआरमा उडान तथा अवतरण गरिरहेका छन्।
स्याटालाइट बेसमा ११ सय मिटर भिजिबिलिटीमा पनि जहाज ल्याण्ड गर्न मिल्छ। स्पेसिङ बढी गर्नुपर्ने हुनाले त्रिभुवन विमानस्थलमा जहाज डिलेको समस्या देखिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation