८ कार्तिक २०८३, शनिबार

आवश्यकता अनुसार चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय

  • १६ चैत २०७८, बुधबार
Image

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ। केन्द्रबाट गठबन्धन गर्दा स्थानीय आवश्यकताको सम्बोधन नहुने भन्दै कांग्रेसले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको हो।

पार्टी केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। उनले भने, ‘पार्टीले गठबन्धनको पक्षमा नीतिगत निर्णय गरेको छ । स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धन हुने छ।

त्यसका लागि सम्बन्धित निकायमा संयन्त्र बन्ने छ ।’ त्यसले गठबन्धनलाई व्यवहारिक रुपमा अगाडि बढाइने उनको भनाइ छ । त्यस्तै, नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ। मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार प्रसार समिति गठन गरेको हो।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ। यस्तै प्रवक्ता डा.महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर