९ कार्तिक २०८३, आइतबार

 ‘पीर’ गीत कुनै पार्टीविरुद्ध लक्षित थिएन : प्रकाश सपुत

  • १० चैत २०७८, बिहिबार
Image

काठमाडौं - गायक प्रकाश सपुतले हालै आफूले सार्वजनिक गरेको गीत ‘पीर’ ले पूर्व लडाकुसहित धेरैको चित्त दुखेकाले गीतका केही दृश्य हटाउनु परेको बताएका छन्।

‘पीर’ गीतका सम्बन्धमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा गायक सपुतले आफूले त्यसमा सामान्य संशोधन गरेको बताए।

उनले जनयुद्धको समयमा लडाकुहरुले गरेको योगदानलाई अवमूल्यन गरेर अगाडि बढेको एउटा तप्काका लागि यो गीत पाच्य हुने छैन भन्ने आफूलाई पहिला नै थाहा भएको बताए। पूर्व लडाकुहरूलाई संकेत गर्दै उनले भने, ‘त्यो पात्र त पहिलादेखि नै पीडित छ, उसको चित्त दुखाउने उद्देश्य होइन तर उसको पनि चित्त दुखेपछि सोच्न बाध्य भएँ।’

आफूले यो गीतलाई कुनै पार्टीविरुद्ध लक्षित भने नगरेको उनले बताए। उनले भने, ‘फलानो पार्टी खत्तम हो, फलानोलाई भोट नहाल्नु भनेको छ र ?’ आफ्नो गीत नेपाली समाजको प्रतिविम्ब रहेको उनले प्रष्ट पारे।

उनले भने, ‘यो गीतले आम मानिसले बोलिरहेको समस्या, पासपोर्टको समस्या, एउटै कामले गुजारा गर्न नसकेर अलग अलग क्षेत्रमा प्रयास गर्दै आउनु परेको समस्या प्रदर्शन गर्न खोजेको हो।, गीतले समाजलाई चित्रण गरेको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर