९ कार्तिक २०८३, आइतबार

अन्तर्राष्ट्रिय मान्यता पाउन मन्त्रिमण्डल हेरफेर गर्दै तालिबान

  • १० चैत २०७८, बिहिबार
Image

काबुल- अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रयासमा तालिबानले आफ्नो अन्तरिम मन्त्रिमण्डललाई पुनः हेरफेर गर्ने निर्णय गरेको छ।  तालिबान मुल्ला हेबतुल्लाह अखुन्दजादाका सर्वोच्च नेताको नेतृत्वमा १५ सदस्यीय टोली कन्दहार प्रान्तमा अन्तरिम मन्त्रीमण्डललाई पुनः छाँटकाँट गर्ने विषयमा छलफल भइरहेको ‘द खामा प्रेस’ले उल्लेख गरेको छ। तालिबानले सत्ता सञ्चालन गरेदेखि अखुनद्जादाको नेतृत्वमा भएको यो पहिलो बैठक हो। 

तालिबान सरकारलाई अहिलेसम्म कुनै पनि देशले मान्यता नदिएकाले यो छलफल भएको हो। सरकारको समावेशीता र महिला तथा मानव अधिकारको सम्मान विश्व समुदायले मान्यता पाउने सबैभन्दा ठूलो पूर्वसर्त हो। 

१५ सदस्यीय टोलीमा अन्तरिम सरकारका मन्त्रीहरू र तालिबानका अन्य उच्च पदस्थ अधिकारीहरू रहेको ‘द खमा प्रेस’ले जनाएको छ। 

छलफलका लागि प्रधानमन्त्री मुल्ला मुहम्मद हसन अखुन्द, उपप्रधानमन्त्री मुल्ला अब्दुल घानी बारादर, रक्षामन्त्री मुल्ला याक्होब मुजाहिद, आन्तरिकमन्त्री सरसुदिन हक्कानी, शिक्षामन्त्री, स्वास्थ्यमन्त्री, वित्तमन्त्री, व्यापारमन्त्री, खानी तथा पेट्रोलियम मन्त्री, मुख्य अटा‘र्नी र तालिबानका अन्य थुप्रै उच्च पदस्थ अधिकारीहरू कान्दहारमा भेला भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर