काठमाडौं- नेकपा एमालेले पोलिटब्युरो बैठक बोलाएको छ। साेमबार बिहान ११ बजे कार्की बैंक्वेटमा बस्नेगरी पोलिटब्युरो बैठक बोलाएको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुने उपप्रमुख रिजालले बताए। एमालेको पोलिटब्युरो कमिटीमा १९ पदाधिकारीसहित ३६ जना स्थायी कमिटी सदस्यसहित ९९ जना छन् ।
गत साता बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक बोलाउने र चुनावबारे छलफल गर्ने जनाएको थियो । एमालेको केन्द्रीय कमिटी बैठक चैत नौ र १० गतेलाई बोलाइएको छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation