९ कार्तिक २०८३, आइतबार

२ खर्ब ४४ अर्बले घट्यो बजेटको आकार, अब १५ खर्ब ४९ अर्ब मात्रै खर्च गरिने

  • २९ माघ २०७९, आइतबार
Image

काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएको छ। सरकारले बजेटको आकार रू दुई खर्ब ४४ अर्ब बराबरले घटाएको हो।

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार घटेको जानकारी दिए।

चालु आवमा कूल सरकारी खर्च रू १७ खर्ब ९३ अर्ब ८३ करोड बराबर हुने सुरुवाती अनुमान रहेकोमा त्यसलाई घटाएर रू १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ। बजेटको आधार १४ प्रतिशतले घटाइएको हो।

चालु खर्चतर्फ रू ११ खर्ब ८३ अर्ब २३ करोड बराबर सुरुवाती विनियोजन थियो। त्यसलाई घटाएर रू १० खर्ब २१ अर्ब ९२ करोडमा झारिएको छ। जुन सुरुवाती विनियोजनको ८६ दशमलव ३७ प्रतिशत बराबर हो। त्यसैगरी पुँजीगत खर्चतर्फ रू तीन खर्ब ८० अर्ब ३८ करोड बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर रू तीन खर्ब १३ अर्ब ८५ करोडमा झारिएको छ।

जुन सुरुवाती विनियोजनको ८२ दशमलव ५१ प्रतिशत बराबर हो। वित्तीय व्यवस्थातर्फ रू दुई खर्ब ३० अर्ब २१ करोड बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर रू दुई खर्ब १४ अर्ब २१ करोडमा झारिएको छ। जुन सुरु विनियोजनको ९३ दशमलव ०५ प्रतिशत बराबर हो।

प्रतिक्रिया

सम्बन्धित खवर