९ कार्तिक २०८३, आइतबार

पल शाहका म्यानेजर जोशी पक्राउ

  • २७ फागुन २०७८, शुक्रबार
Image

काठमाडौं- बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाहका म्यानेजर भनिने कृष्णप्रसाद जोशी पक्राउ परेका छन्। जोशीलाई नाबालिग गायिका बलात्कार आरोपी शाहसँग मतियार बनेको आरोपमा प्रहरीले तनहुँबाट पक्राउ गरेको हो। 

घटनाको प्रमाण नष्ट गर्न खोजेको, नाबालिगलाई हत्यासम्मको धम्की दिएको र बलात्कारका लागि नाबालिगलाई फकाउने र प्रबन्धमा संलग्न देखिएको आरोपमा जोशीलाई पक्राउ गरी अदालतबाट ७ दिनको म्याद पनि लिइएको प्रहरीले जनाएको छ । पलविरुद्ध उजुरी परेपछि जोशीले युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै विवादित कुरा गरेका थिए। उनले नाबालिग गायिकासँग मिलेर आफूहरूले पललाई फसाउन षड्यन्त्र गरेको पनि बताएका छन्। आफू र अर्का गायक दुर्गेश थापासहितले शाहको हत्या योजना पनि बनाएको उनले बताएका थिए।

जोशीले नाबालिगलाई पलविरुद्ध जाहेरी नगर्नु भन्दै धम्की दिएको पनि उजुरी प्रहरीमा पुगेको छ। जाहेरी गरे ज्यानै तलमाथि हुने भन्दै जोशीले पलको पक्षमा वातावरण बनाउन खोजेका थिए। पल फरार रहेको अवस्थामा जोशीमार्फत नै विभिन्न अडियो सार्वजनिक भएका थिए। प्रहरीले उक्त अडियोमा केन्द्रित भएर अनुसन्धानका लागि जोशीलाई हिरासतमा लिएको हो। 


 

प्रतिक्रिया

सम्बन्धित खवर