काठमाडौं- देशभर थप १९४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार एन्टिजेन र पीसीआर विधिबाट देशभर ६ हजार ३९४ नमूनाको परीक्षण गरिएकोमा १ सय ९४ जनामा संक्रमण देखिएको हो ।
गत २४ घण्टामा ३ हजार ६३८जनाको पीसीआर र २ हजार ७५६ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। पीसीआर परीक्षणबाट ७४ जनामा र एन्टिजेन परीक्षणबाट १२० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरि १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि ३४८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल ५ हजार ८७५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation