काठमाडौं - पार्टी सभापति शेरबहादुर देउवाले भ्रातृ संगठनहरुमा एकलौटी मनोनयन गरेकोभन्दै नेता शेखर कोइराला पक्षले समानान्तर भेला बोलाएको छ।
गत बुधबार सभापति देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयन गरेपछि असन्तुष्ट पक्षले समानान्तर भेलाको सोमबार बोलाएको हो।
बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी खबरदारी भेलामा शेखर समूहका नेताहरू चन्द्र भण्डारी, गुरुराज घिमिरे प्रमुख वक्ता छन्।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation