९ कार्तिक २०८३, आइतबार

'सन् १९४५ यताकै सबैभन्दा ठूलो युद्ध गर्ने रुसको योजना'

  • ८ फागुन २०७८, आइतबार
Image
बेलायती प्रधानमन्त्री बोरिस जोनसन।

लन्डन- बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा सन् १९४५ यताकै सबैभन्दा ठूलो युद्ध गर्ने योजना बनाएको बताएका छन्। बीबीसीसँगको कुराकानीमा बेलायती प्रधानमन्त्री जोनसनले पछिल्लो समय देखिएका विभिन्‍न गतिविधिहरुले रुसले युरोपमा युद्ध गर्ने योजना बनाएको संकेत देखिएको बताएका हुन्। 

खुफिया जानकारीबाट रुसले युक्रेनको राजधानी किभमा घुसपैठ गरेर घराबन्दी गर्ने तयारी गरिरहेको सूचना आएको पनि उनले जनाएका छन्। उनले भने, 'मानिसहरुले मानव जीवनको वास्तविक मूल्य बुझ्‍न जरुरी छ। युद्धतर्फ अग्रसर हुनु हुँदैन।'

म्युनिकमा विश्‍वका नेताहरुले वार्षिक सुरक्षा सम्मेलन गरिरहेका छन्। अमेरिकी सरकारको सूचना अनुसार करिब एक लाख ७० हजारदेखि एक लाख ९० हजार रुसी सेना अझै पनि युक्रेनको सीमा क्षेत्रमा तैनाथ भएका छन्। 

पश्चिमा मुलुकहरुले पछिल्लो समय रुसले जुनसुकै समयमा पनि युक्रेनमाथि आक्रमण गर्नसक्ने भएको जनाउँदै आफ्ना नागरिक र कूटनीतिज्ञहरुलाई मुलुक छोड्न आदेश दिएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर