काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई पानि मुनी गएपनि नछोड्ने चेतावनी दिएका छन् । उनले चुनावमा जानैपर्ने परिस्थिति लोकतन्त्रमा हुने भएकाले गठबन्धन धेरै नटिक्ने उल्लेख गरे।
भक्तपुरमा सूर्यविनायक अस्पतालको उद्घाटन गर्दै उनले एक वर्षपछि गठबन्धनलाई ठेगान लगाउने दावी गरे। ’यो गठबन्धनलाई पानीमुनिबाट भएपनि ठेगान लगाइन्छ, लगाइन्छ,’ उनले भने, ’बच्ला पानीमुनि गएपनि कहाँ यो स्वार्थी गठबन्धन ? यो कहाँ बच्छ ? बच्न सक्दैन । बढीमा एक वर्ष हो यसको आयु। संसारभरिका ज्योतिषिलाई सोध्यो भन्यो पनि त्यै भन्छन् बढीमा १ वर्ष हो यो सरकारको आयु।’
मुलुकमा शान्तिसुरक्षा र विकासका लागि एमाले सरकार चाहिने ओलीको भनाइ थियो। उनले चुनावमा जालझेल गर्न नहुने बताए। राज्यका संयन्त्र निष्पक्ष हुनुपर्ने उनले जोड दिए। अध्यक्ष ओलीले रामायणमा मन्थराका कारण रामचन्द्र र महाभारतमा सकुनीका कारण पाण्डवहरु वनबास जानुपरेको भन्दै आफूलाई पनि स्वार्थी गठबन्धनले ‘बनबास’ पुर्याएको उनले बताए।
‘यत्रोविघ्न मन्थरा र सकुनीहरु लागेपछि केपी प्रधानमन्त्रीबाट हट्नु कुन ठूलो कुरा भयो र ! उनले भने ‘तर फेरि चुनाव आउँछ । यहाँ १४ वर्ष पर्खिनुपर्दैन ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation