८ कार्तिक २०८३, शनिबार

स्थानीय चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

  • ३० चैत २०७८, बुधबार
Image

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन्। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय सुरक्षा परिषद्को १७ चैतको सिफारिस र २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति भण्डारीले सेना परिचालनका लागि स्वीकृति दिएकी हुन् ।

नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम उनले सेना परिचालनको लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ। ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा स्थानीय तहको निर्वाचन स्वतन्त्र,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्न सकिने राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंगलबार विज्ञप्ति जारी उल्लेख गरिएको छ।

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यसअघि नै गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले सेना,प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीलाई खटाउने गरी ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८’ पारित गरी अनुमोदनका लागि मन्त्रिपरिषद्‌मा पठाएको थियो। सोही अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मकरुपमा परिचालनको खाका बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर