८ कार्तिक २०८३, शनिबार

माछा बोक्ने ड्रममा १२६ किलो गाँजा

  • ७ फागुन २०७८, शनिबार
Image

काठमाडाैं- सर्लाहीमा प्रहरीले माछा बोक्ने गाडीबाट एक सय क्वीन्टलभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ।

लालबन्दी नगरपालिका-१ स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट १ सय २६ किलो गाँजासहित दुई जनालाई शनिबार बिहान पक्राउ गरेको हो।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त गाडीलाई चेकजाँच गर्दा माछा बोक्न राखिएको ड्रमबाट उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।

गाडी चालक धादिङको सिद्धलेक गाउँपालिका-६ बस्ने २२ बर्षीय सुरेन्द्र बिक, सोही गाडीमा सवार मकवानपुरको कैलाश गाउँपालिका-२ का ४८ बर्षीय भीमलाल मोक्तानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट ८५ हजार रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएकाे छ। 

प्रतिक्रिया

सम्बन्धित खवर