८ कार्तिक २०८३, शनिबार

बागमती प्रदेशमा डेंगु संक्रमिको संख्या ४२ हजारभन्दा बढी, २३ जनाको मृत्यु

  • २० मंसिर २०७९, मङ्गलबार
Image

काठमाडौं- लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको सङ्ख्या ४२ हजार सात पुगेको जानकारी दिइएको छ।

बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि आजसम्ममा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ४२ हजार सात पुगेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। डेङ्गुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँ र सबैभन्दा कम रसुवा जिल्ला रहेको छ। काठमाडौँ जिल्लामा ११ हजार एक सय २७ डेङ्गुका बिरामी फेला परेका छन्। रसुवा जिल्लामा ११ मा मात्र डेङ्गुका सङ्क्रमित फेला परेको बताइएको छ। 

डेङ्गुको सङ्क्रमणबाट ललितपुरमा नौ हजार छ सय तीन, मकवानपुरमा पाँच हजार आठ सय २२, भक्तपुरमा एक हजार एक सय २४, चितवनमा तीन हजार एक सय ५९, धादिङमा एक हजार छ सय ४५, काभ्रेमा  पाँच सय ३६, रामेछापमा दुई सय ३४, सिन्धुपाल्चोकमा दुई सय नौ, नुवाकोटमा, दुई सय ७३, सिन्धुलीमा एक सय ७० र दोलखा जिल्लामा एक सय चार जना बिरामी भएको सो निर्देशनालयबाट प्राप्त विवरणमा जनाइएको छ।

त्यसैगरी प्रदेशमा हालसम्म डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २३ पुगेको बताइएको छ। काठमाडौँका सात, सिन्धुली र रामेछापका तीन÷तीन, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका दुई÷दुई र धादिङका एक÷एक जनाको मृत्यु भएको छ।  

प्रतिक्रिया

सम्बन्धित खवर