१८ मंसिर २०७९, आइतबार

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा हरि खड्का दोषी ठहर

  • ५ फागुन २०७८, बिहिबार
Image

काठमाडौं । नेपालका चर्चित फुटबलर हरि खड्का नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको मुद्दामा दोषी ठहर भएका छन्। बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि उनले पेस गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।

खड्कालाई अदालतले ५ हजार जरिवाना तोकेको रजिष्ट्रार अशोक क्षेत्रीले बताए । राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड सदस्यसमेत रहेका खड्का महानगरीय प्रहरी गण नं.२ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिषण केन्द्र (केन्द्रीय खेलकुद समिति) मा प्रहरी नायव निरीक्षकका रुपमा कार्यरत रहँदा शैक्षिक योग्यता आईएको प्रमाणपत्र नक्कली पेस गरेको अदालतले ठहर गरेको हो।

उनले भारतको उत्तरप्रदेशबाट जारी भएको शैक्षिक योग्यता आईएको झुट्टा प्रमाणपत्र पेस गरी २०५५ कात्तिक १ गते खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।



प्रतिक्रिया

सम्बन्धित खवर