८ कार्तिक २०८३, शनिबार

प्रहरीमा एआईजीको तीन दरबन्दी थप्ने सरकारको निर्णय

  • ५ फागुन २०७८, बिहिबार
Image

काठमाडौं । सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) को दरबन्दी थप्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले बिहीवार दरबन्दी थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

प्रहरीमा हाल जनपदतर्फ ५ जना एआईजी छन्। तीनजना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ। दरबन्दी थपिएपछि बढुवाका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख डीआईजी धीरजप्रताप सिंह, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी उत्तम सुवेदी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा कार्यरत डीआईजी वसन्त पन्त, हेडक्वार्टरमा कार्यरत डीआईजी वसन्त लामा लगायतका प्रतिस्पर्धामा छन् ।


 

प्रतिक्रिया

सम्बन्धित खवर