२०८० फागुन २५ शुक्रबार
काठमाडौँ — श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।
भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका ३ झौखेल पिपलबोट डेरा
गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ८ का सन्तोष भुजेलले श्रीमती पवित्रा
राईको हत्या आरोपमा पक्राउ गरिएको छ।
सन्तोषले कुटपिट गर्दा गम्भीर घाइते भएकी पवित्राको भक्तपुर
अस्पतालमा उपचारको क्रममा मृत्यु भएको खबरपछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट
खटिएको प्रहरीले भुजेललाई पक्राउ गरेको हो । घटना सम्बन्धमा
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation