८ कार्तिक २०८३, शनिबार

माओवादी–कांग्रेस नेतृत्वको वर्तमान सत्तागठबन्धन भत्कियो ,एमाले, रास्वपा सम्मिलित गठबन्धनलाई अगाडि बढाउने तयारी

  • २१ फागुन २०८०, सोमबार
Image

२०८० फागुन २१ सोमबार

काठमाडौं- माओवादी–कांग्रेस नेतृत्वको वर्तमान सत्तागठबन्धन भत्किएको छ। यसक्रममा प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन्।

प्रधानमन्त्रीले अहिलेको सबै मन्त्रीलाई बर्खास्त गर्दै सानो आकारमा आज नयाँ नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको एक वर्षभन्दा लामो सहकार्य तोड्दै गत वर्षको १० पुसमा बनेको एमाले, रास्वपा सम्मिलित गठबन्धनलाई अगाडि बढाउने तयारी गरेका छन् । 

आज माओवादीबाट वर्षमान पुन अनन्तले सपथ लिनेछन् भने एमालेबाट प्रमुख सचेतक पदम गिरीलाई मन्त्री बनाउनेछन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि आजै मन्त्रीको सपथ लिने स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर