२०८० फागुन १३ आइतबार
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)निकट युवा संघका संयोजक कृष्णकुमार विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै
मिटरब्याज पीडित किसानका सबै प्रकारका संघर्षका
क्रार्यक्रमहरू निष्कर्षमा नपुगेसम्म हातेमालो गर्ने
प्रतिबद्धता जनाएका छन्।
युवा संघ नेपालले मिटरब्याजपीडितको आन्दोलनप्रति ऐक्यबद्धता
जनाएको हो।
मिटरब्याजीपीडित किसानहरू पूर्वको
काँकडभिट्टादेखि पश्चिमको कञ्चनपुरबाट निरन्तर २३ दिन पैदल हिँडेर न्यायका निम्ति
राजधानी काठमाडौं आइपुगेका छन्।
यस अभियानका क्रममा विगतमा भएका मिटरब्याजविरुद्धको कानुन
पारित गराउने आन्दोलन, १३ दिन निरन्तर हिँडेर
आएको मिटरब्याजपीडितहरूको संसद् घेराउ कार्यक्रम, उखु किसानहरूको
आन्दोलन, भ्रष्टाचारविरुद्धको आन्दोलन आदिविरुद्ध
जनतालाई सचेत र जागरुक पार्दै सरकारलाई सिर्जनात्मक दबाब दिएको विज्ञप्तिमा भनिएको
छ।
यसका निम्ति युवा संघ नेपालले आन्दोलन सफलताको शुभकामना
व्यक्त गर्दै, संघर्षका सबै कार्यक्रमहरूमा दृणतापूर्वक
ऐक्यबद्धता व्यक्त गरेको छ।’
पीडित किसानहरूको समस्यालाई गम्भीरतापूर्वक लिन, उनीहरूका पीडालाई पूर्ण
हल गर्न, किसानहरूलाइ यस
पीडाबाट मुक्त बनाउने ढंगले कदम चाल्न र दलाल, फटाहा–भ्रष्ट लुटाहा, रक्त पिसाच मिटरब्याजीहरूलाई कडाभन्दा कडा कारबाही गरी अधिकतम न्याय प्रदान गर्न
प्रचण्ड सरकारसँग युवा संघ नेपालको जोडदार माग छ।
युवा संघले पीडित किसानको समस्यालाई गम्भीरतापूर्वक लिन र
मिटरब्याजीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ। अन्यथा
संघर्षका कार्यक्रम घोषणा गर्ने संगठनको चेतावनी छ।
अन्यथा, हाम्रो संगठन आन्दोलन र संघर्षका कार्यक्रमहरू घोषणा गर्ने जानकारी विज्ञप्तिमा
गरीएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation