२०८० फागुन ०९ बुधबार
अछामः जिप दुर्घटनामा परि
१५ जना घाइते भएका छन्। ती मध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरी चौकी
सिउँडीले जनाएको छ।
अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ स्थित आमरुख नजिक से१झ
४२९ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो।
प्रहरी चौकी सिउँडीका अनुसार लुंग्राबाट साँफेबगर जाने
क्रममा जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।
घाइते सबैलाई उपचारको लागि वयलपाटा अस्पताल लगिएको छ। जिपमा विद्यार्थी समेत रहेका थिए। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation