९ कार्तिक २०८३, आइतबार

हिन्दूराष्ट्र स्थापनाका लागि हस्ताक्षर संकलन अभियान आज देखि सुरु, ४ सय भन्दा बढी सदस्यले गरे हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर

  • ७ फागुन २०८०, सोमबार
Image

२०८० फागुन ०७ सोमबार

काठमाडौं- नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र नेपाल महाअभियानदारा सनातन हिन्दूराष्ट्र स्थापनाका लागि हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ।

नेपाली कांग्रेसको गोदावरीमा आज देखि सुरु भएको महासमिति बैठक स्थलमा सनातन हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको हो।पहिलो दिन ४ सय भन्दा बढी महासमिति सदस्यले सनातन हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर छन्।

महाअभियान सचिव भरत पौडेलका अनुसार पहिलो दिन ४सय २ जनाले सनातन हिन्दूराष्ट्र स्थापनाको पक्षमा हस्ताक्षर संकलन गरेका हुन्।

सचिव पौडेल हस्ताक्षर संकलन अभियान निकै उत्साहपूर्ण रहेको बताए। हस्ताक्षर संकलन अभियान भोलि पनि जारी रहने बताएका छन। आजको उत्साह हेर्दा करिब १२ सय महासमिति सदस्यहरुले हस्ताक्षर गर्ने अनुमान गरिएको छ।

नेपाली कांग्रेसको महासमिति बैठकको पूर्व सन्ध्यामा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान घोषणा गरिएको थियो।

महाअभियानका २२ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन्।केन्द्रीय सदस्य के.स. भण्डारीले महासमिति बैठकमा वैदिक सनातन हिन्दूराष्ट्र स्थापना सम्बन्धी पुरक प्रस्तावको तयारी गरेका छन्।साथै भण्डारीले वैदिक सनातन हिन्दूराष्ट्रको अभियानले नेतृत्व गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर