काठमाडौं- त्रिवि मैदानमा त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम तथा तेस्रो खेलमा क्यानडाविरूद्ध नेपालले
टस जितेर बलिङ रोजेको छ।
मैदानमा नेपाली टिमबाट तीव्र गतिका बलर
हेमन्त धामीले डेब्यू गर्ने भएका छन्।
टिममा आसिफ शेख, सोमपाल कामी, सूर्य तामाङ र रिजन ढकाललाई बेन्चमा छन् भने,अनिल
साहले आजको खेलमा विकेटकिपरको भूमीका निर्वाह गर्दै छन्।
यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितेको छ फागुन पहिलो
सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग-२ को तयारीका लागि नेपालले क्यानडासँग
सिरिज खेलेको हो।
कीर्तिपुर मैदानमा हुने लिग-२ को सिरिजमा नेपालले नामिबिया
र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation