दैलेख- नेपाल कम्युनिष्ट पाटी एमालेका महासचिव शङ्कर
पोखरेलले दैलेखको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी
शर्मा ओली नेतृत्वको सरकारका पालामा आर्थिक विकासले समेत फड्को मारेको उल्लेख गरेका छन्।
महासचिव शङ्कर पोखरेलले एमालेले जनतामा आशा जगाउने काम
गरिरहेको बताए।
उनले एमाले नीति र नेतृत्वमा प्रस्ट रहेको बताउँदै स्थानीय
तहमा रहेका अन्तरविरोधलाई मिलाएर लैजानुपर्नेमा जोड दिए । उनले एमालेले अघि सारेको
मिसन–८४ को नारालाई सबैले एक भएर अघि बढाउँदै विभाजन भएको वामपन्थी मतलाई एक
ठाउँमा ल्याउनु आवश्यक रहेको बताएका छन ।
नेताका टाउका जोडेर पार्टी एकता नहुने भन्दै उनले
कार्यकर्ताका मन जोड्दै कम्युनिस्ट आन्दोलन बलियो बनाउनतर्फ एमाले अग्रसर भएको
उल्लेख गरेका हुन्। पोखरेलले दैलेख ऐतिहासिक विरासत बोकेको जिल्ला
रहेकाले कम्युनिस्ट आन्दोलन अघि बढाउन यहाँको नाम सधैँ अगाडि आउनेसमेत बताए ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation