८ कार्तिक २०८३, शनिबार

सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने सरकारको तयारी

  • २१ माघ २०८०, आइतबार
Image

काठमाडौं– सरकारले नेपालमा उत्पादन हुने रैथाने सुन्तलाको अध्ययन अनुसन्धान गरी कृषि तथा पशुपन्छि विकास मन्त्रालयले राष्ट्रिय फल घोषणा गर्ने तयारी गरेको छ ।

 

फलफूलमध्ये नेपालमा सुन्तला रैथाने र जैविक विविधताले फरक भएको हुँदा अध्ययन गरी राष्ट्रिय फल घोषणा गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटी अर्यालले बताइन ।

 

उनले भनिन सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी गरेको हो, मुलुकभन्दा नेपालमा उत्पादन हुने सुन्तलाको छुट्टै स्वाद मिल्छ ।

 

सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न कृषि मन्त्रालय, सम्बन्धित निकाय र विज्ञसँग छलफल अध्ययन, अनुसन्धान गरिएको हो । घोषणा गर्ने अन्तिम चरणमा पुगेको प्रवक्ता शिवाकोटीले बताइन्  ।

 

अबको केही दिनमा सुन्तलालाई राष्ट्रिय फल घोषणाका लागि मन्त्रालयले मन्त्रिपरिष्दमा पठाउने तयारी गरेको उनले जानकारी दिइन् । सुन्तलालाई राष्ट्रिय फल बनाउन स्थानीय तह, सम्बन्धित सरोकारवाला निकाय छलफल भएको र सबैबाट सहमति भइसकेको उनले बताइन् । नेपालको सुन्तलामा फरक स्वाद भएको हुँदा राष्ट्रिय फल घोषणा गरी यसको उत्पादन र उत्पादकत्व बढाउने उद्देश्य रहेको उनको भनाइ छ ।

 

प्रवक्ता शिवाकोटीका अनुसार नेपालमा करिब ६४ जिल्लामा सुन्तला खेती हुन्छ भने  ४५ जिल्लामा  यसको व्यावसायिक खेती गरिन्छ । मन्त्रालयको २०७८-०७९ को तथ्यांकअनुसार नेपालमा सुन्तला उत्पादन हुने क्षेत्रफल एक लाख ९८ हजार हेक्टर रहेको छ ।

यस्तै उत्पादन औषतमा १७ लाख ७७ हजार टन हुने गरेको छ भने उत्पादकत्व ९.०१ छ । १० लाख हेक्टर सुन्तला उत्पादन हुने क्षेत्रफल छ ।

 

राष्ट्रिय फलफूल तथा विकास केन्द्रका अनुसार नेपालमा सुन्तलाजात फलफूल खेती परापूर्व कालदेखि मध्यपहाडी जिल्लामा हुँदै आएकोमा हाल आएर तराईका जिल्लामा पनि व्यावसायिक रूपमा  सुरु गरेका  छन । सामान्यतया नेपालको हावापानी र भौगोलिक अवस्थाअनुसार सात सयदेखि १५ सय मिटरको उचाइमा यसको व्यावसायिक रूपमा खेती गर्न सकिन्छ ।  

सुन्तला हुने कतिपय पकेट क्षेत्रमा एक सय वर्षभन्दा बढी उमेरका सुन्तलाका बोट पाइन्छन् । नेपालमा सुन्तला उत्पादनका केही प्रसिद्ध पकेट क्षेत्रमध्ये दैलेखको दुल्लू, गुल्मीको भाडगाऊँ, तनहुँको बन्दिपुर, धादिङ, सिन्धुली, गोर्खा, धनकुटाको खोकूलगायत छन् ।

 

तनहूँ जिल्लामा उत्पादन हुने अधिकांश सुन्तलाका बगैंचा एक हजार मिटरभन्दा तल छन् भने संखुवासभाको माङतेवामा १७ सय मिटर उचाइमा पनि सुन्तलाका व्यावसायिक बगैंचा रहेका छन् ।

 तर, कुनैकुनै पकेट क्षेत्रमा पाइने विशेष किसिमको सुक्ष्म जलवायुको कारणले गर्दा योभन्दा तल वा माथि पनि खेती गर्न सकिन्छ ।

मध्यपहाडी भागमा सुन्तला, जुनार, कागती, भोगटे, सुन्तला र तराईमा कागती, युरेका (चस्मे कागती), भोगटे व्यावसायिक रूपमा खेती गरिन्छ भने, नेपालमा सुन्तलाजात फलफूल उचित तापक्रम, पर्याप्त प्रकाश, अनुकूल वर्षा तथा उर्वरा माटोले गर्दा छिमेकी देशको भन्दा स्वादिलो र गुणस्तरको फल मानिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर