काठमाडौ । सरकारले माघ १६ मा पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिने निर्णय गरेको छ।शहीद दिवसमा सार्वजनिक बिदा नदिने तर, अर्को वर्ष भने बिदा दिने निर्णय भएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिएका छन । अर्को वर्षको शहीद दिवसमा सार्वजनिक बिदा दिने निर्णय भएको छ,’ उनले भने, ‘तर, यसपालिलाई पनि बिदा दिइएको छैन ।’विगतका वर्षमा शहीद दिवसमा सार्वजनिक बिदा नदिने गरिए पनि सरकारले अर्को वर्ष २०८१ मा भने बिदा दिने निर्णय गरिसकेको छ ।उनका अनुसार शहीद दिवस देशभरि मनाइने तर सरकारी कार्यालय सबै खुल्ने र सेवा प्रवाह हुनेछ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation